शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भवितव्य र ‘जारी’ मुद्धाका फरार ३ जना पक्राउ

आइतबार, १८ साउन २०७७, २३ : १८
आइतबार, १८ साउन २०७७

काठमाडौं । भवितव्य र ‘जारी’ मुद्धामा लामो सयमदेखी फरार ३ जनालाई प्रहरीले पक्रेको  छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भवितव्य ज्यान मुद्धामा फरार व्यास नगरपालिका घर भएका सुर्य सुनार र रविन मगरलाई ५ वर्षपछि पक्रेको हो ।  पुनरावेदन अदालतले ०७२ मा उनिहरुलाई ६ महिना कैद र ३ सय जरिवाना हुने फैसला सुनाएको थियो ।

जारी मुद्धामा फरार तनहुँ शुक्लागण्डकी घर भएका नविनलाल श्रेष्ठलाई प्रहरीले ९ वर्षपछि पक्रेको छ । ०६८ मा तनहुँ जिल्ला अदालतले उनलाई १ महिना कैद र १ हजार जरिवाना तिराउने फैसला गरेको थियो । शनिवार पक्राउ गरेर अदालतको आदेशपछि उनीहरुलाई जिल्ला कारागार तनहुँमा थुनामा पठाइएको डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप