शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कहरः बेलायतलाई मेक्सिकोले उछिन्यो

आइतबार, १८ साउन २०७७, २३ : १३
आइतबार, १८ साउन २०७७

एजेन्सी । ल्याटिन अमेरिकी देश मेक्सिको कोरोना संक्रमणका कारण मर्ने व्यक्तिहरुको संख्याको आधारमा तेश्रो नम्बरमा पुगेको छ । मेक्सिकोभन्दा अगाडि अमेरिका पहिलो र ब्राजिल दोश्रो स्थानमा रहेका छन् । मेक्सिकोमा अहिलेसम्म ४ लाख २४ हजार ६ सय ३७ जना संक्रमित रहेका छन् भने ४६ हजार ६ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

यसअघि तेश्रो स्थानमा बेलायत थियो, जहाँ ४६ हजार २ सय ४ जनाको मृत्यु भएको थियो । मेक्सिकोका सरकारी अधिकारीहरुले भनेका छन् कि देशमा कोरोना भाइरस संक्रमितहरुको संख्या रिपोर्ट गरिएभन्दा पनि बढी हुनसक्छ । कोरोना महामारीको प्रभाव दशकौंसम्म रहन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप