केन्द्रीय संस्करण

वाग्मती नदीले बाँध कटान गर्दै

person explore access_timeसाउन १८, २०७७ chat_bubble_outline0

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित  वागमती नदीले १२ नम्वर स्परको बीच भागमा ५० मिटरसम्म कटान गरेर ठूलो क्षति पुर्याएको छ । उच्च पहाडी, चुरे क्षेत्रसहित तराईमा निरन्तर रुपमा भईरहेको बर्षाबाट वाग्मती नदीले धार परिवर्तन गरेर बगेपछि बाँध र पानीको धारलाई अन्यत्र परिवर्तन गर्न बनाईएको स्परमा क्षति भैरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ गंगापिपार र ३ मत्सरी नजिक रहेको वाग्मती नदीको धारले बाँध छेउमा स्पर कटान गरिरहेको हो । नदीले बाँधको वेड सतहसहित ५० मिटर बाँध काटिसकेको छ भने बाँधलाई सुरक्षित राख्नका लागि बनाइएको १२ नम्वर स्परको बीच भागमा पनि ५० मिटरभन्दा बढी कटान गरिसकेको छ ।

बाँध र स्परलाई बचाउन युद्धस्तरमा नियन्त्रणको प्रयास गर्नुपर्ने अवस्थामा भएपनि नदी नियन्त्रण कार्यालयबाट भने बालुवाको बोरो र जाली राख्ने काम भइरहेको छ । बाँध भत्किएमा दुर्गा भगवतीको वडा नम्वर १, ३ र ४ सहित अन्य पालिकाका बासिन्दाहरु समेत प्रत्यक्ष रुपमा प्रभावित हुने अवस्था छ ।

नदी नियन्त्रणको कार्यालय र स्थानीय तह  जिम्मेवार नभएको हुँदा बाँध एवं स्पर कटानको चपेटामा परेर ठूलो आर्थिक नोक्सानी भएको जिल्ला समन्वय समितिका उपसभापति रामबसिष्ट यादवले बताए ।

वागमती नदीले गरिरहेको क्षति सम्बन्ध वाग्मती लालबकैया नदी नियन्त्रण कार्यालयको पटक पटक ध्यानाकर्षण गराउदा समेत कुनै सुनवाई नगरको उप सभापति यादवले गुनासो गरे । नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवलाई वाग्मतीको स्थलगत रुपमा निरीक्षण गरेर नियन्त्रणको प्रयासमा जुट्न जानकारहरुले आग्रह गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.