केन्द्रीय संस्करण

सरकारको सफलता कर्मचारीको भूमिकामा निर्भर हुन्छ : मुख्यमन्त्री गुरुङ

person explore access_timeसाउन १८, २०७७ chat_bubble_outline0

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु नेपालको स्वागत कार्यक्रममा उहाँले सरकारका नीति गत निर्णयलाई कार्यान्वयनमा लैजाने दायित्व एवं जिम्मेवारी कर्मचारी प्रशासनमा रहने उल्लेख गरे।

राम्रो काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुने बताउँदै उनले जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए । जनताले चाहेअनुसार सार्वजनिक प्रशासन छिटोछरितो एवं पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको समग्र विकासका लागि दक्ष जनशक्ति आवश्यक भएको बताए।

प्रदेश प्रमुख सचिव विष्णु नेपालले आप्mनो योग्यता तथा दक्षतालाई अधिकतम उपयोग गर्दै सरकारका कामको प्रभावकारिता बढाउन लाग्ने धारणा व्यक्त गरे। 

सरकारको सफलताको लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले जिम्मेवारितालाई आत्मसात गर्दै क्रियाशील बन्न कर्मचारी वर्गलाई आग्रह गरे। उक्त अवसरमा प्रमुख सचिव नेपाललाई मुख्यमन्त्री गुरुङ, मन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीले स्वागत गरेका थिए। 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.