धुलिखेल र मण्डनदेउपुरमा सार्वजनिक बिदा
आइतबार, १८ साउन २०७७, २१ : ०१
धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले भोलि जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ । ती नगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै भोलि १९ गते रक्षा बन्धन (जनै पूर्णिमा) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन् ।
नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय एवं सङ्घसंस्थालाई सार्वजनिक बिदा दिने मण्डनदेउपुर नगरपालिका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष डिल्लाप्रसाद आचार्यले बताए।
त्यस्तै धुलिखेल नगरपालिकाले २० गते पनि गाईजात्रा पर्वको दिन सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ ।
यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...