शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहट मा करेन्ट लागेर एक युवकको मृत्यु

आइतबार, १८ साउन २०७७, १९ : १५
आइतबार, १८ साउन २०७७

रौतहट । रौतहटको राजदेवी नगरपालिकामा एकजना युवकको करेन्ट लागेर मृत्यु भएको छ । 

राजदेवी  वडा नं ८ लक्ष्मीपुर टोल निवासी रामलक्षण राय यादवको अंदाजी १७ वर्षीय छोरा दिलबन्दु यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफनै घरको हैण्डपाईमा जोडिएको मोटरमा बिधुतीय करेन्ट प्रवाह भएको थियो । 

पानी थाप्ने क्रममा आज बेलुका ५ बजेको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको र घटना बारे अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप