शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, १८ साउन २०७७, १८ : ४५
आइतबार, १८ साउन २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा २४ घण्टाभित्र थप २३ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । आज गरिएको परीक्षणमा ५ महिला र १८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमित हुनेमा कैलालीको धनगढीका वर्ष २८ र ३८ का २ पुरुष, बैतडी पाटनका  वर्ष २६ का १ पुरुष, गोदावरी कैलालीका वर्ष ६६ का १ पुरुष, घोडाघोडी १ कैलालीका वर्ष ४१ का १ पुरुष, जोशीपुर १ कैलालीका वर्ष २८ का १ पुरुष, मोहोन्याल ५ कैलालीका वर्ष ३६,२६ का २ पुरुष रहेका छन् ।

यी लगायत २३ जनामा संक्रमण पुष्टि भएको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।  हालसम्म यस अस्पतालबाट १७ हजार ५३६ जनामने कोभिड १९ परीक्षण  गरिएको र १६ हजार ९३ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए ।

पछिल्लो २४ घण्टाभित्र २३८ जनाको परीक्षण भएको छ । हालसम्म कैलाली जिल्लामा मात्रै १४४१ जना कोरोना पोजेटिभ पुष्टि भएको छ भने हालसम्म उपचार भैरहेका शंकास्पद संक्रमित १७९ जना रहेको जनाइएको छ । ती मध्येबाट ७८ जना निको भई घर गइसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप