भारतमा अटोमेकर बन्यो किया, ११ महिनामै १ लाख एसयूभी बिक्री
![भारतमा अटोमेकर बन्यो किया, ११ महिनामै १ लाख एसयूभी बिक्री](https://rpcdn.ratopati.com/media/albums/Kia_seltosPhoto-02_1o8JP2Lkf4.jpg)
काठमाडौं । कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाख भन्दा बढी एसयूभी बिक्री गरेको जनाएको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयूभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको छ ।
कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल कार्निभल प्रिमियम एमपिभी र सेल्टोस एसयुभीबाट यो उपलब्धि हासिल गरेको हो । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ ।
सेल्टोस ९७ हजार ७४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेइकल बन्न सफल भएको छ । सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसूभीको उपाधि हात पारेको हो ।
कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यू सोनेट कम्प्याक्ट एययूभी सार्वजनिक गर्ने तयारी गरेको छ । अगस्ट ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक ग्यास आयात गर्न नेपाली कम्पनीलाई भारतले दियो अनुमति
-
नयाँ शक्तिको निर्वाचित कार्यसमितिको शपथ ग्रहणमा होहल्ला
-
खतराको डर देखाउँदै भारतले दलाई लामालाई दियो ३३ सुरक्षाकर्मी
-
नयाँ शक्तिको पदाधिकारीमा क–कसले कति पाए मत ?
-
पोखरा महानगरले २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने, २० लाख पर्यटक ल्याउने
-
६८८ मतान्तरसहित नेसपा अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित