शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा अटोमेकर बन्यो किया, ११ महिनामै १ लाख एसयूभी बिक्री

आइतबार, १८ साउन २०७७, १८ : ३४
आइतबार, १८ साउन २०७७

काठमाडौं । कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाख भन्दा बढी एसयूभी बिक्री गरेको जनाएको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयूभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको छ । 

कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल कार्निभल प्रिमियम एमपिभी र सेल्टोस एसयुभीबाट यो उपलब्धि हासिल गरेको हो । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ ।

सेल्टोस ९७ हजार ७४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेइकल बन्न सफल भएको छ । सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसूभीको उपाधि हात पारेको हो । 

कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यू सोनेट कम्प्याक्ट एययूभी सार्वजनिक गर्ने तयारी गरेको छ । अगस्ट ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप