शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारले दियो प्रहरीलाई पिकअप भ्यान र मोटरसाइकल

आइतबार, १८ साउन २०७७, १८ : १९
आइतबार, १८ साउन २०७७

पोखरा । गण्डकी प्रदेश सरकारले प्रहरीलाई सवारी साधन उपलव्ध गराएको छ ।  गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सो सवारी साधन उपलब्ध गराइएको हो । 
आइतबार एक समारोहका बीच प्रदेश सरकारले प्रहरीलाई ४ थान पिकअप भ्यान, पल्सर बाइक १८, टिभिएस अपाचे बाइक ५, बुलेट बाइक ५ गरि २८ थान मोटरसाइकल दिएको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई सवारी साधनका चाबि हस्तान्तरण गरेका थिए । सवारीको चाबी हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवम् प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहज हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुबाट उल्लेखनीय काम हुँदै आइरहेको उनले बताए । 

कुनै पनि सरकार सफल हुनका लागि उसका संयन्त्रहरु स्रोत साधनयुक्त एवं दक्षतापूर्ण हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै देशका कुना कन्दराहरुमा समेत अग्रपंक्तिमा रहि सरकारको प्रतिनिधित्व गर्ने प्रहरी संगठनको सामरिक विकास आफ्नो प्राथमिकतामा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले आगामी दिनमा समेत आवश्यक परेको खण्डमा सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप