बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्ट लकडाउनले घटाउँदैछ पाकिस्तानमा संक्रमण

आइतबार, १८ साउन २०७७, १६ : ४१
आइतबार, १८ साउन २०७७

-मरिआना बाबर 
एजेन्सी । पाकिस्तानसँग यसहप्ता खुसीयाली मनाउनुपर्ने कारण थियो, किनकी युरोप र अमेरिका (जहाँ कोरोना भाइरसका महिला बढ्दैछन् र हजारौं मानिसको मृत्यु भयो ) विपरित पाकिस्तानमा कोरोना संक्रमितको नयाँ संख्या पछिल्ला दुई हप्तामा घटेको छ । थोर वा बहुत यो स्मार्ट लकडाउनसँग सम्बन्धित छ, जसअन्तर्गत पाँच अगस्टसम्म पुरै देश बन्द रहनेछ, त्यतिबेलासम्म इद र हजका समारोह समाप्त हुनेछन् । 

सबैभन्दा धेरै जनसंख्या रहेको पञ्जावमा कोरोनाबाट कसैको मृत्यु भएको छैन, अस्पताल अझै भरिएका छैनन् र भेन्टिलेटर बेडको कुनै माग छैन । इस्लामावाद, मुजफ्फरावाद र गिलगित बाल्टिस्तानमा सामूहिक रुपले चार दिनमा १ सयभन्दा कम घटना बाहिर आएका छन् ।

संघीय योजनामन्त्री असद उमर, जो कोरोना भाइरस अभियानका प्रमुख पनि हुन् । उनले हाल भेन्टिलेटर र अक्सिजन सिलिन्डरको आवश्यकता भएका बिरामीहरुको संख्यामा २८ प्रतिशतले कमी आएको दाबी गरेका छन् ।  उनले ट्वीट गर्दै भनेका छन् कि यो सरकारको स्मार्ट लकडाउन नीति, मानक सञ्चालन प्रक्रियाहरु र प्रवर्तन र मानिसहरुको सामूहिक प्रतिक्रियाका कारण भयो ।  तर, अनौठो कुरा यो छकि पाकिस्तान सरकारले यो बिल्कुल बताउन सक्दैन कि कोरोनाको घटनामा यस्तो गिरावटको वास्तविक कारण के हो, विशेषगरी जब संसारभर मृत्युदर निकै धेरै छ । 

यसको एकमात्र कारण हटस्पट क्षेत्रमा स्मार्ट लकडाउन लगाउनु महत्वपूर्ण रह्यो । यसले भाइरसको सामुदायिक प्रसार नहुने सुनिश्चित गर्न सहयोग ग¥यो । तर स्वास्थ विशेषज्ञले सरकारको दाबीमा शंका गरिरहेका छन् र चेतावनी दिइरहेका छन् कि जीतको घोषणा गर्नु अहिल्यै हतारो हुनेछ । 

सरकारले नयाँ घटनामा कमी र रोगीहरुका लागि होम क्वारेन्टाइन नीतिको हवाला दिएर उत्तर-पूर्वी लाहोरमा कोरोना रोगीहरुका लागि एक हजार शैय्यायुक्त अस्पताल बन्द गरिदियो । तर सरकारलाई डर छ कि ईद र मोहर्रमका दौरान मानिसहरु घुम्न निस्कँदा फेरि एकपटक अस्पताल भरिन सक्छ । 

यतिमात्रै होइन, बुधबार राति पाकिस्तानका मानिसहरुलाई त्यस समय ठूलो झट्का लाग्यो, जब उनीहरुलाई यो खबर मिल्यो कि जो व्यक्ति स्वास्थ मन्त्रालयको नेतृत्व गरिरहेका थिए र जो कोरोनाविरुद्धको युद्धमा दिन–रात काम गरिरहेका थिए, उनलाई प्रधानमन्त्रीले राजीनामा गर्न भने । 

डाक्टर जफर मिर्जालाई अप्रिल २०२० मा राष्ट्रिय स्वास्थ सेवाहरु, विनिमय र समन्वय मन्त्रालयको जिम्मेवारी दिइएको थियो र उनी कोभिड–१९ महामारीको निगरानीमा लागेका थिए । यस पृष्ठभूमिमा विपक्षी दलहरुले सरकारसँग ती गैर–निर्वाचित विशेष सहायकहरुको नाम मागेका थिए, जोसँग दोहोरो नागरिकता थियो । डाक्टर जफर मिर्जा पनि ती व्यक्तिमध्ये एक थिए । 

जफर मिर्जा औषधीहरुको आयात र हालैका दिनमा औषधीको मुल्यबृद्धिको मामिलामा पनि छानविन सामना गरिरहेका थिए । अनौठो कुरा यो छ कि यी दिनमा डाक्टर मिर्जा आफैं पनि कोरोना संक्रमण देखिएपछि आफ्नो उपचार गराइरहेका थिए । 

आफ्नो राजीनामाको पुष्टि गर्दै उनले भनेका छन् कि प्रधानमन्त्रीको व्यक्तिगत आमन्त्रणमा डब्ल्युएचओ छाडेर उनी देशको सेवामा आएका थिए । उनले भने, ‘मैले निकै मेहिनत र इमान्दारीसँग काम गरें । म यस कुराबाट सन्तुष्ट छु कि म त्यस समय पद छाड्दैछु, जब पाकिस्तानमा कोरोनाको संक्रमण घटिरहेको छ ।’

गुरुद्धारा हस्तान्तरण 
यसबीच पाकिस्तानका सिख समुदायका लागि पनि एक अर्को सुखद खबर छ । बलुचिस्तानको प्रान्तीय सरकारले २०० वर्ष पुरानो गुरुद्धारा समुदायको जिम्मामा छाडिदिएको छ । यो सबै यस्तो समयमा भएको छ, जब टर्कीमा हाजिया सोफिया म्युजिमलाई मस्जिद बनाइएको छ र यसले अता तुर्कद्धारा बनाइएको टर्कीको धर्मनिरपेक्ष छविलाई धक्का पुगेको छ ।  

भारत–पाकिस्तान विभानजपछि गुरुद्धाराका प्राचिन सम्पदालाई छात्राहरुको सरकारी स्कुलमा बदलिएको थियो ।  अल्पसंख्यक मामिलका प्रान्तिय संसदीय सचिव धानेश कुमारले भनेका छन् कि सेन्ट्रल क्वेटाको मस्जिद रोडस्थित ऐतिहासिक गुरुद्धारा ‘श्री गुरु सिंह सभा’ लाई ७३ वर्षपछि पुरानै अवस्थामा बहाल गरिएको छ । यसभन्दा पहिले यही वर्ष फेब्रुअरीमा बलुचिस्तानको सरकारले दुई सय वर्ष पुरानो एक मन्दिर हिन्दू अल्पसंख्यकहरुको जिम्मा लगाएको थियो । 

(बाबर पाकिस्तानकी वरिष्ठ पत्रकार हुन् । यो लेख भारतीय सञ्चारमाध्यम अमर उजालाबाट अनुवाद गरिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप