जनयुद्ध र जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार गर्न अनेरास्ववियूको माग

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले संघीय गणतन्त्रका प्राप्तिका निम्ति भएका जनयुद्ध , जनआन्दोलन र सवै न्यायपूर्ण आन्दोलनका सम्पूर्ण घाइतेहरुको निशुल्क उपचारको ब्यवस्था गर्न सरकार समक्ष माग गरेको छ ।
आइतबार दस वर्षे जनयुद्धका क्रममा गोली लागि घाइते भएर हाल क्यान्सर विरुद्ध कठोर सङ्घर्षमा रहेका तत्कालीन माओवादी सम्वद्ध जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैनवहादुर तामाङ (जमिन )लाई भेट्ने क्रममा अनेरास्ववियूले सो माग गरेको हो।
हाल भक्तपुरको सुर्यविनायक स्थित भाइको डेरामा बसोबास गरिरहेका तामाङलाई भेट्न आज अनेरास्ववियूका संयोजक रञ्जित तामाङ , नेता सुरेन्द्र बस्नेत , पवन कार्की , केशव रावल र जनयुद्धका घाइते संघका महासचिव भक्तराज थापा सहितको टोली पुगेको थियो ।
तामाङ १० वर्षे जनयुद्धका क्रममा भोजपुर सदरमुकाममा भएको भिडन्तका क्रममा घाइते भएका हुन् । गोली लागेकै घाउका कारण उत्पन्न क्यान्सर रोगसंग हाल उनी कठिन सङ्घर्षमा रहेका छन् । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका निवासी तामाङ त्यतिबेला तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमाण्डर थिए ।
भेटमा अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले परिवर्तनका लागि भएका जनआन्दोलन र जनयुद्धका सम्पुर्ण घाइतेको निशुल्क उपचारको ब्यवस्था गर्न सरकारसँग माग गरेका छन् । घाइते तामाङलाई अनेरास्ववियूको तर्फबाट समेत यथासक्य सहयोग गर्ने उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
-
विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालले के पाउँछ, के गुमाउँछ ?
-
रुसको तर्फबाट १५५ चिनियाँ सैनिक युक्रेनसँग लडिरहेको जेलेन्स्कीको दाबी
-
ट्यारिफ रोक्ने ट्रम्पको घोषणापछि एशियाली बजारमा हरियाली
-
जयपृथ्वी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बोहरा विजयी