आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मध्यरातबाटै बसपार्कमा लाइन : टिकट पाउनै मुस्किल ! (फोटोफिचर)

मङ्गलबार, २७ भदौ २०७४, १० : ४५
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौँ । दशैँमा उपत्यका बाहिर जाने यात्रुहरुलाई मंगलबारबाट बसको अग्रिम टिकट बुकिङ खुलेको छ । सरकार र यातायात व्यवसायीबीचको विवाद मिल्न नसक्दा यो वर्ष ढिला गरी टिकट बुकिङ सुरु भएको हो । यसअघि एक महिनाअघि नै अग्मि टिकट बुकिङ खुलेपनि यो वर्ष घटस्थापनाको एक साता अघिमात्रै खुलाइएको हो ।  

टिकट खुलेको पहिलो दिन मंगलबार काउन्टरहरुमा सर्वसाधरणको घुइँचो लागेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र चावहिलका टिकट काउन्टरमा सर्वसाधारणहरु राति १ बजेबाटै टिकट लिन पुगेका थिए । ‘म नयाँ बसपार्कमा टिकट लिन राति १ बजे पुगेर लाइन बसेको बिहान नौ बजे बल्ल पालो आयो’, धनगढीका रुपेश रावलले रातोपाटीसँग भने, ‘टिकट त पाइयो तर धेरै दुख पनि पाइयो । उनले यसअघि गतसाता नै टिकट खुल्ने सरकारले भनेपनि व्यवसायीले टिकट नदिदा दैनिक काउन्टरमा आउँदै फर्कनुपरेको सुनाए । 

नयाँ बसपार्कबाट पश्चिम, मध्यपश्चिम र सूदुरपश्चिमका जिल्लामा जाने बसको टिकट बुकिङ हुने गर्छ भने पूर्वजाने बसको पुरानो बसपार्कबाट टिकट काटिएको छ । पश्चिमको तुलनामा पूर्वी पहाडी जिल्ला जाने बसको टिकट सहज पाउने गरेको यात्रुहरुले बताएका छन् । 

यसैवीच प्रहरीले उपत्यकाका विभिन्न स्थानमा हेल्प डेस्क सञ्चालन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो । 


सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौँ उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका हुन् । 

उपत्यकाको नागढुङ्गा, कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुको सहजताका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधि रहने गरी यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिए । उनले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपु¥याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा कारबाही गरिने बताए ।

यातायात व्यवसायीका अनुसार यो बर्ष दशै मनाउन २० देखि २५ यात्रु उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको छ । त्यसका लागि दैनिक २५ सयदेखि ३ हजारवटा बस दैनिक काठमाडौबाट छुट्नेगरी व्यवस्था मिलाइएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका कोषाध्यक्ष सुयेश पौडेलले रातोपाटीलाई जानकरी दिए । 

उनका अनुसार १६ सिटे माइक्रोबसदेखि ४१ सिटसम्मका बस छुटने व्यवस्था गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप