शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटकले भन्यो, ‘हामी अझै लामो समयसम्म अमेरिकामा बस्नुपर्नेछ’

आइतबार, १८ साउन २०७७, १४ : ४३
आइतबार, १८ साउन २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोसल मिडिया एप टिकटकलाई देशमा प्रतिबन्ध गरिदिने चेतावनी दिएपछि अमेरिकामा टिकटककी जनरल म्यानेजर वेनेसा पापाजले अझै लामो समयसम्म अमेरिकामा बस्नुपर्ने बताएकी छिन् ।

एक भिडियो सन्देशमा वेनिसा पापजले टिकटक प्रयोगकर्तालाई कम्पनीका कर्मचारीले सुरक्षित मोबाइल एप बनाएको जानकारी दिएकी छिन् ।

यसअघि ट्रम्पले यो मोबाइल एपले मानिसहरुको नीजि जानकारी जम्मा गर्ने गरेको  र आफूले एक्जिक्यूटिव अर्डर जारी नगरिकनै यसमाथि प्रतिबन्ध लागू गर्ने बताएका थिए ।

टिकटकले एपमाथि चिनियाँ नियन्त्रण रहेको भन्ने आरोप अस्विकार गरेको छ ।

अमेरिकामा हरेक महिना करिब ८ करोड मानिसले यो मोबाइल एपको प्रयोग गर्ने गर्छन् । र अमेरिकाको यो कदम टिकटकको निर्माता कम्पनी बाइटडान्सका लागि सनकै ठूलो झट्का साबित हुनसक्ने बताइएको छ ।

ट्रम्पले कुन अधिकारले टिकटकमाथि प्रतिबन्ध लगाउने, प्रतिबन्धलाई कसरी लागू गर्ने, प्रतिबन्धलाई कसरी लागू गर्ने र प्रतिबन्धलाई कानूनी रुपमा चुनौती दिन सकिन्छ भन्ने बारे कुनै स्पष्ट जानकारी छैन ।

अमेरिकामा टिकटककी जनरल म्यानेजर वेनेसा पापाजले मानिसहरुले एपको समर्थन गरिरहेको आफूलाई महसुस भएको बताएकी छिन् ।

उनले भनिन्, ‘हामी कतै जाने योजना बनाइरहेका छैनौं ।’ डेटा सिक्योरिटीको मुद्दामा उनले भनिन्, ‘यो मामिलामा कम्पनीले आफ्नो काम जिम्मेवारीपूर्वक गरिरहेको छ ।’

उनले भनिन्, ‘यदि कुरा सुरक्षाको उठ्छ भने हामीले असाध्यै सुरक्षित एप बनाइरहेका छौं किनभने हामीलाई राम्रोसँग थाहा छ कि हामी के गरिरहेका छौं । हामी यहाँ लामो समयसम्म बस्नुपर्नेछ । तपाईंहरु हाम्रो समर्थन जारी राख्नुहोस्, आउनुहोस् सबै टिकटकको समर्थन गरौं ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप