शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

आइतबार, १८ साउन २०७७, १४ : १७
आइतबार, १८ साउन २०७७

काठमाडौं । बैंक अफ काठमाण्डूको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख एकाउन्न हजार सहयोग हस्तान्तरण गरेको छ ।
 विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आइरहेको केन्द्रलाई संघले वित्तीय सहयोग हस्तान्तरण गरेको हो । 
आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले केन्द्रको नेत्तृव गर्दै आएका छन् । 

 बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले केन्द्रका अध्यक्ष पुनलाई एक समारोहको बीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।  

केन्द्रद्वारा उत्पादन गर्दै आइरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको र अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप