शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भीमफेदी कारागारबाट भागे, चितवन आउँदा समातिए

आइतबार, १८ साउन २०७७, १४ : ०९
आइतबार, १८ साउन २०७७

मकवानपुर । भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ । 

पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशील सिंह राठौरले बताए । 

आइतबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले  धामीलाई सार्वजनिक गरेको छ । धामी चितवनका २१ वर्षीय रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए । 

कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा धामीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको एसपी राठौरले बताए । 

सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएका थिए । धामीलाई आजै भीमफेदी कारागार पठाइने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप