बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजश्व छलेर नेपाल भित्र्याइएका अवैध  कपडा बरामद

आइतबार, १८ साउन २०७७, १२ : ५९
आइतबार, १८ साउन २०७७

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका– १५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले बताए। कोरोनाको कहर भए पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्र्याउन लागिपरेका छन् । नेपालगञ्ज नाकाबाट भरियामार्फत भित्रिने कपडा जिल्लाबाहिर पनि लैजाने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप