शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छाडा गीतसंगीतलाई कानुनी कारवाही गर्ने चेतावनी

आइतबार, १८ साउन २०७७, १२ : ५५
आइतबार, १८ साउन २०७७

काठमाडौँ । पछिल्लो समय विभिन्न छाडा, द्विअर्थी तथा  समाजमा अपाच्य शब्दहरु प्रयोग भएर थुप्रै गीतसंगीत बजारमा भित्रिएका छन् । यस्ता गीतसंगीतको अलोचना हुनुको साथै यसले समग्र सांगीतिक क्षेत्रको समेत बदनाम गरेको चर्चा गर्न थालिएको छ ।

यस्तैमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अपाच्य, द्विअर्थी शब्द, सामाग्री प्रयोग गर्ने श्रष्ठा, सर्जक र कलाकारलाई कालोसूचीमा नामाङ्कन गरेर प्रतिष्ठानको सेवा सुविधा र गतिविधिबाट बञ्चित निर्णाय गरेको छ । 

प्रतिष्ठाले विकृति विसंगती गीतलाई न्यूनीकरण गर्नका लागि एक कार्यदल गठन गरि सो निणर्य गरेको एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

शिव हमालको संयोजगत्वमा विकृति विसंगती न्यूनिकरण कार्यदल गठन गर्दै गीतसंगीत निकाल्ने संस्था तथा गायक गायिकासँग छलफल गर्ने निर्णय समेत प्रतिष्ठानले गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ, ‘अपाच्य शब्द गाएर क्षणिक चर्चामा आउन चाहेका कलाकार होइनन्, उनीहरु व्यापारिक हुन् । जो व्यापार गर्न आएका हुन् । जसले गर्दा भोलीका पिँढीले नेपाली लोकगीतसंगीत नै विर्सने अवस्था आउन लागेको छ । यसले गर्दा यस्ता खालका गीतहरु रोक्नका लागि पहल गरेका हौँ ।’ 

कलाकारले विकृति तथा अपाच्य शब्दका गीत बजारमा ल्याए प्रतिलिपि अधिकार रजिस्टार कार्यालयसँग छलफल गर्दै कानुनी कारबाहीमा जाने समेत चेतावनी प्रतिष्ठानले दिएको छ । 

कलाकार समाजको आदर्श भएकोले आफ्नो हरेक कृयाकलाप समाजलाई ध्यानमा राखेर गर्नुपर्ने बताएको प्रतिष्ठानले आजको कर्म र कृतिले भोली पश्चताव हुनेबाट बच्न समेत सजक रहन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप