कुटपिटबाट युवकको मृत्यु भएपछि १४ जना नियन्त्रणमा
रोल्पा । रुन्टिगढी गाउँपालिका वडा नं ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर वुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हिराबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतलाई छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए। अभियुक्त बस्नेतले रु पाँच हजार र घडी लुटेको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए ।
इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारका लागि लाने क्रममा शनिबार मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा