शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता आफताब बने पिता

आइतबार, १८ साउन २०७७, १२ : २०
आइतबार, १८ साउन २०७७

बलिउड अभिनेता आफताब शिवदसानी पिता बनेका छन् । उनकी श्रीमती निन दुसांजले शनिबार छोरीलाई जन्म दिएकी छिन् । आफताब शिवदासानी र निन दुसांजको पहिलो छोरीको रुपमा छोरी जन्मिएकी हुन् । उनले श्रीमती र छोरीसँग सोसल मिडिया अकाउन्टमा फोटो पनि सेयर गरेका छन् ।

फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘स्वर्गको एउटा टुक्रा धर्तीमा पठाइयो... भगवानको आशिर्वादसहित । निन दुसांज र म आफ्नी छोरीको जन्मेको खबर सुनेर निकै उत्साहित छौं । हामी गौरवान्वित आमा–बुवा र तीन व्यक्तिको पूरा परिवार हौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप