तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग, स्थिती गम्भीर
भारतको बिहारस्थिती भोजपुर जिल्लामा मानवतालाई लज्जित गर्ने घटना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ वर्षीय अपाङ्गता भएका बालकको यौनाङ्ग काटिदिएका छन् । बालकलाई गम्भीर रुपमा अस्पताल पुर्याइएको छ ।
सुरुमा बालकलाई उपचारका लागि पिएचसी कोइलवर पुर्याएका थिए तर स्थिती गम्भीर भएकोले सदर अस्पताल रिफर गरिएको थियो । बालकको यौनाङ्गमा करिब एक दर्जन बढी टाँका लगाउनुपरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
बालककी आमाले कोइलवर थानामा तीन व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बालकका आमाका अनुसार उनको छोरा बोल्न र सुन्न सक्दैनन् । बालकलाई आरोपीले फकाईफुल्याइ खेतमा लगेको र धारिलो हतियारले यौनाङ्ग काटिदिएको बालककी आमाको आरोप छ ।
ती बालक रुँदै चिच्याउँदै रगत लत्पत्तिको अवस्थामा घर पुगेको र इशारामा आमालाई घटनाबारे पूरा जानकारी दिएको बालककी आमाले स्रोतलाई बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने