शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेल्सीलाई हराउँदै आर्सनललाई एफए कपको उपाधि

आइतबार, १८ साउन २०७७, ०८ : २७
आइतबार, १८ साउन २०७७

स्ट्राइकर पिएरे एमरिक आउबामेयाङको दुई गोलको मद्दतले एक गोलले पछि परेको स्थिति उल्टाएर चेल्सीलाई हराउँदै आर्सनलले एफए कपको उपाधि जित्न सफल भएको छ । २–१ गोलको अन्तरले जीत हासिल गर्दै आर्सनलले कीर्तिमानी १४ औँ पटक उपाधि हात पारेको हो ।

क्रिस्टियन पुलिसिचको गोलको मद्दतले चेल्सीले खेलको शुरुवातमा नै अग्रता लिएको थियो । तर, खेलको २८ औँ मिनेटमा आउबामेयाङले पेनाल्टीमार्फत खेल बरबारी गरे ।

दोस्रो हाफको ६७ औँ मिनेटमा आउबामेयाङले अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे । सेजार एज्पीलिकुएटा र पुलिसिचलाई घाइते हुँदै गुमाएको चेल्सीले खेलको ७३ औँ मिनेटमा माटेओ कोभाचिचलाई पनि दोस्रो पहेँलो कार्ड खाएपछि गुमाउनु परेको थियो ।

जीतसँगै आर्सनलले अर्को सिजन युरोपा लिगमा आफ्नो स्थान सुनिश्चित गर्न सफल भएको छ । यता, आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा खेलाडी र प्रशिक्षकका रुपमा आर्सनललाई एफए कपको उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् ।

उता, चेल्सीले एफए कपका पछिल्ला १० फाइनलमध्ये तीनमा हार बेहोरेको छ । ती सबै खेलमा चेल्सी आर्सनलसँगै पराजित भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप