शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय राज्यसभा सांसद अमर सिंहको निधन

शनिबार, १७ साउन २०७७, २३ : १४
शनिबार, १७ साउन २०७७

एजेन्सी । भारतीय राज्यसभा सांसद अमर सिंहको निधन भएको छ । पछिल्ला ६ महिनायता सिंगापुरमा उपचाररत उनको शनिबार निधन भएको हो । ६४ वर्षीय सिंहको केही दिनअघि मात्र मृगौला प्रत्यारोपण भएको थियो ।

सन् २०१३ मा पहिलोपटक उनको किड्नीमा समस्या देखिएको थियो । सिंह भारतीय राजनीतिक प्रभावशाली नेता हुन् । कुनैबेला उत्तर प्रदेशका समाजवादी पार्टीका प्रभावशाली नेताहरुमध्ये एक सिंहको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले शोक  व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप