बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्छ : पर्यटन बोर्डका सिइओ रेग्मी

शनिबार, १७ साउन २०७७, १८ : ४६
शनिबार, १७ साउन २०७७

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् । विश्वव्यापी बनेको कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडी बढाउनुपर्ने डा. रेग्मीले बताए ।

१४ दिनसम्म क्वारेन्टिनमा बस्ने गरी कुनै पनि पर्यटन नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ । द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्ने र कुनै लक्षण नदेखिए घुम्न पठाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

चाइनीज टु र अपरेटर्स एलाएन्स नेपाल घोषणा कार्यक्रममा उनले भने, ‘द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा बस्न लगाउने  । लक्षण नदेखिएमा घुम्न पठाउने, १४ दिन यता १४ दिन आफ्नो देश फर्केर क्वारेन्टिनमा बस्नुपर्ने अवस्थामा कसरी घुम्न आउँछन पर्यटक ?’

नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवशरमा चाइनीज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा भएको छ । नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई प्रदान गरिँदै आएका सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले एलाएन्स घोषणा गरिएको हो । 

२५ जना सदस्य रहेको एलाएन्सले विगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडी बढ्ने उद्देश्य राखेको छ । नेपाली टुर एण्ड ट्राभल्स व्यवसायीहरुको छाता संस्थाको रुपमा गठन गरिएको एलाएन्सको संयोजकमा बिश्वेस श्रेष्ठ रहेका छन् । अन्य बोर्ड सदस्यहरुमा बरुण मेहता, कल्याण राज शर्मा, पुष्कर राज पाठक र हरि प्रसाद पराजुली रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप