कुटपिटबाट एकको मृत्यु, ६ जना पक्राउ

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले कुटपिट गरी हत्या गर्ने ६ जनालाई नियन्त्रणमा लिएको छ । रुन्टीगढि गाउँपालिका– ६ भनझ्याङ खोलामा सालडाँडा बस्ने २४ वर्षीय ईश्वर बस्नेतको कुटपिटबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले स्थानीय १४ जनाको समूहले बस्नेतलाई कुटपिट गरेपछि घाईते उनको उपचारको क्रममा मृत्यु भएको बताए ।
रुन्टीगढी गाउँपालिका– ६ सालवाङ बस्ने ६५ वर्षीय गोठे बुढाको दाङ घोराही उमनपा– १२ हापुरबाट घरतर्फ आउँदै गर्दा बस्नेतले साथमा रहेको नगद ५ हजार र हातमा लगाएको घडी+ लुट्न खोजेपछि स्थानीयलाई खबर गरेका थिए ।
स्थानीयलाई खबर गरे पश्चात १४ जनाको समूहले राती १ बजेको समयमा बस्नेतको घरमा गई ढोका खोल्नुहोस् भनि ढोका ढक्ढकाउँदा बस्नेत घरको झ्यालबाट हामफालि भाग्ने क्रममा घर नजिकै १४ जनाको समूहले छोपी कुटपिट गर्दा बस्नेत घाइते भएका थिए ।
घाइते बस्नेतलाई उपचारको लागि शनिबार बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि दाङतर्फ लैजाने क्रममा रुन्टीगढि गाउँपालिका–६ भनझ्याङ खोला नजिक बस्नेतको मृत्यु भएको थियो ।
बस्नेतको मृत्युु भएको खवर विहान १० बजे प्रहरीलाई खर गरिएको र प्रहरीलाई खबर प्राप्त हुना साथ प्रहरी खटी घटनामा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ भने अन्य ८ जना फरार व्यक्तिको खोजीकार्य जारि रहेको खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने