भीडभाड हुने हाटबजारमा रोक
सिरहाका विभिन्न स्थानमा लाग्दै आएको हाटबजारमा स्थानीय प्रशासनले रोक लगाएको छ । हाटबजारमा हुने भीडभाड र चहलपहलका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमा रोक लगाएको हो ।
शहर बजार तथा ग्रामीण भेगमा भीडभाड र चहलपहल बढ्ने गरेकाले सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी हाटबजार नलगाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । अत्यावश्यक काम नपरी बजार तथा हाटबजार नआउन आग्रह गर्दै प्रजिअ कँडेलले बजार तथा कार्यालय जानै परे अनिवार्य रुपमा मास्क लगाउन र भौतिक दूरी कायम गर्नुपर्ने बताए ।
साथै कृष्णजन्माष्टमी, रक्षाबन्धनलगायत विभिन्न चाडपर्वका बेला जिल्लाका विभिन्न मन्दिर तथा धार्मिकस्थलमा हुने मेला, महोत्सवसमेत नगर्न आग्रह गर्नुहुँदै प्रजिअ कँडेलले घरमै बसेर चाडपर्व मनाउन आग्रहसमेत गरे ।
छिमेकी सप्तरी र धनुषालगायत जिल्लामा तीव्र रुपमा कोरोना सङ्क्रमण फैलिन थालेपछि जोखिम बढेकाले सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियाजस्ता कार्यक्रम नगर्न जिल्लाका १७ वटै स्थानीय तहलाई पत्राचार गरी आग्रह गरिएको प्रजिअ कँडेलले बताए ।
भारतीय सीमा क्षेत्रमा लुकीछिपी भइरहेको प्रवेशमा कडाइ गरिएको बताउँदै प्रजिअ कँडेलले भारतीय बजारबाट आउने जाने क्रम बढेको गुनासो आएपछि सीमा नाका पूर्ण रुपमा बन्द गर्न कडा निर्देशन दिइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता