बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किशोरीको नक्कली फेसबुक बनाएर अश्लिल भिडियो  पठाउने पक्राउ

शनिबार, १७ साउन २०७७, ११ : १९
शनिबार, १७ साउन २०७७

काठमाडौँ । प्रहरीको साइबर ब्यूरोले अश्लिल भिडियो  सामाजिक सञ्जालमा पठाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँका सविनराज मिश्र रहेका छन् । 

तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया किशोरीको नक्कली फेसबुक आईडी बनाएर आफन्तलाई भिडियो पठाउने मिश्र शुक्रबार पक्राउ परेको ब्यूरोका एसपी राकेश सिंहले जानकारी दिए । 

किशाेरीको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल भिडियो तथा सन्देश किशाेरीको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको सिंहले बताए । 

पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि मिश्र मिश्र विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेको व्यक्ति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप