बिहानै खाली पेटमा खानुस् २ वा ४ केस्रा काँचो लसुन !

लसुनले थुप्रै रोगहरुबाट बचाउँछ । बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम हुन्छ ।
यतिमात्र होइन लसुनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । लसुनमा थुप्रै गुणहरु हुन्छन् । यसले शरीरलाई निरोगी राख्न सहयोग पुर्याउँछ । र शरीरलाई उर्जा पनि प्रदान गर्छ ।
बिहानै २ वा ४ केस्रा काँचो लसुन नियमित रुपमा खाँदा जोर्नीहरु दुख्ने समस्याबाट आराम मिल्ने आयुर्वेदिक विशेषज्ञहरुले बताएका छन् । यसैगरी, रगतमा चिनीको मात्रासमेत नियन्त्रण गर्ने भएकाले मधुमेहका विरामीका लागि राहत मिल्छ ।
यसैगरी, लसुनको सेवनले छालासम्बन्धी समस्याहरुबाट पनि छुटकारा मिल्छ । यसले ‘फङ्गल इन्फेक्शन’ बाट बचाउँछ । लसुन पेटमा ग्यास भरिने समस्या, कब्जियत, उच्च रक्तचाप, रुघाखोकी, दम, निमोनिया र ब्रोन्काइटिस जस्ता समस्याहरुका लागि निकै फाइदाजनक हुन्छ ।
यति मात्र होइन, कुन रोगका बिरामीले कसरी लसुन सेवन गर्ने भन्ने विधि थाहा भएको खण्डमा यसले मानिसको शरीरलाई निकै फाइदा पुर्याउँछ । कानमा दुखेमा तोरीको तेलमा लसुनको केस्रो हल्का तातो बनाएर कानमा राख्दा आराम मिल्छ ।
यसैगरी, नसाको विरामीहरुका लागि दुधमा लसुन उमोलेर पिउँदा नसा कमजोर हुँदैन । लसुनले रक्तसञ्चार नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापका विरामीले खानी पेटमा लुसन खानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला
-
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल
-
कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
-
यो उथलपुथलको समयमा सुन किन्नु कति सुरक्षित छ?
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
-
कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति