शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम दाङमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते

शनिबार, १७ साउन २०७७, ०९ : ३३
शनिबार, १७ साउन २०७७

तुलसीपुर – पश्चिम दाङमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर २ अमुवाकोट निवासी ३५ बर्षिया बिमला वली रहेको प्रहरीले बताएको छ । 

घरमा कोही नभएको समयमा शनिवार विहान २ बजेतिर ती महिला माथी कुटपिट भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनी घर नजिकैको बारीमा विहान अचेत अवस्थामा फेला परेपछि स्थानियको सहयोगमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको हो । 

उनलाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । उनी माथी कसले र किन आक्रमण गरेको हो भन्ने बारे केहि खुलेको छैन ।

उनका श्रीमान् बैदेशिक रोजगारीमा विदेश छन् भने छोरा र छोरी घरमा नभएको मौका छोपी उनी माथी कुटपिट भएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप