शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी चर्चित ५ मोडल जो पुरुषबाट महिला बनेका थिए

शनिबार, १७ साउन २०७७, ०९ : २४
शनिबार, १७ साउन २०७७

एजेन्सी : भारत र नेपाल लगायतका देशमा समलिङ्गीहरुको अवस्था राम्रो भएको छ । केही वर्ष अगाडि ट्रान्सजेन्डरहरुलाई हेर्ने नजर र अहिलेको उनीहरुको अवस्थामा निकै फरक पाइन्छ ।

सर्वोच्च अदालतले तेस्रो लिङ्गीको स्थान दिएपछि उनीहरु खुलेआम बाहिर आउन थालेका छन् । 

यसैबीच, केही यस्ता चर्चित मोडलहरु छन् जसले ग्ल्यामरस दुनियाँमा निकै चर्चा पाइरहेको छ । 

बबी डार्लिङ
बलिउडमा बबी डार्लिङको नामले परिचित यी मोडल पंकज शर्माबाट बबी बनेकी थिइन् । उनको जन्म केटाको रुपमा भएको थियो । त्यसैले परिवारले उनको नाम पंकज राखिदिएको थियो । यद्यपि उनले २०१० स्तन ट्रान्सप्लान्ट गरिन् र आफ्नो नाम पाखी राखिन् । केही समयपछि उनी बबी डार्लिङको नामले चिनिन थालिन् । उनले ‘क्या कुल है हम’, ‘पेज ३’, ‘हंसी तो फंसी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् । 

गौरी अरोडा 
बलिउडमा गौरी अरोडको नामले चिनिएकी यी मोडल लिङ्ग परिवर्तन गर्नुअघि गौरव अरोडा थिइन् । युवककै रुपमा उनले स्पिलिट्सभिला–८ मा प्रतिस्पर्धीको रुपमा रहेका थिए । उनले लिङ्ग परिवर्तन गरेका कारण निकै चर्चा समेत पाएका थिए । गौरव निकै ह्याण्डसम युवक थिए । तर गौरी बनेपछि पनि उनी निकै सुन्दर युवती बनिन् । एक अन्तवार्तामा उनले आफूलाई बच्चा बेलादेखि नै केटी हुन मन पराउने बताएकी थिइन् । 

निक्की चावला
निक्कीले पनि केटाको रुपमा जन्म लिएकी थिइन् । उनी युवतीका कपडाहरु लगाउन निकै रुचाउँथिन् । तर, उनको परिवार निकै कडा भएकाले उनका लागि यो सम्भब हुने निकै मुश्किल थियो । अन्ततः उनले परिवारको विरुद्ध गएर २००९ मा लिङ्ग परिवर्तन गराइन् । 

शिनाता सांघा
ब्रिटिस इन्डियन मोडल शिनाता सांघाले पनि लिङ्ग परिवर्तन गराएकी हुन् । उनी दक्षिण एसियाकी चर्चित ट्रान्सजेन्डर मोडल हुन् । ट्रान्सजेन्डर कम्युनिटीद्वारा आह्वान गरिएको ब्युटी पेजेन्ट्समा समेत उनले भाग लिइसकेकी छिन् । उनी मिस ग्ल्यामर क्वीन युनाइटेड किङडम पनि बनिसकेकी छिन् । 

अन्जली लामा
नेपालको नुवाकोटमा जन्मिएकी अन्जली लामा नबिन वाइबाको रुपमा जन्मिएकी थिइन् । उनले शल्यक्रियाबाट आफूलाई अन्जली लामाको रुप दिइन् । परिवार उनको विरुद्धमा हुँदाहुँदै पनि उनले आफूलाई अन्जली बनाएरै छोडिन् । उनी सफल मोडलको रुपमा चर्चित भएकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप