पाकिस्तानी रकेट आक्रमणमा परी अफगानिस्तानमा १५ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन् । घटनामा परी अरु ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झडपहरू भएका र राति अबेर मात्र लडाई शान्त भएको उनको भनाइ छ । “अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरेपछि मात्रै भीडन्त रोकिएको हो, त्यस आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ भने अरु ७० जना घाइते भएका छन्,” नाम नबताउने शर्तमा एक सैनिकले बताए ।
घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको पनि श्रोतले जनाएको छ । भिडन्तमा परी पाकिस्तान वा अफगानिस्तान कुनै पनि तर्फका सुरक्षाकर्मीहरुको मृत्यु भएको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन ।
श्रोतका अनुसार अहिले उनीहरुले भिडन्त स्थगन गरेपनि कुनैपनि बेला फेरि आक्रमण गर्नेगरी तयारी अवस्थामा रहेको पाइएको छ । दुवै तर्फका सुरक्षाकर्मीहरुले घटनास्थल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मीहरु पठाएको पनि श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी