वीरगञ्जमा कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप, ६ राउण्ड हवाई फायर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचोकमा कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।
कोरोना संक्रमितको शव गाड्ने क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचोकका स्थानीयवासीले अवरोध गरेपछि झडप भएको हो । सयौंको संख्यामा मिलनचोकमा जम्मा भएका स्थानीयवासीहरुले आफ्नो क्षेत्रमा शव गाड्न नहुने अडान लिएपछि प्रहरीले आश्रुग्यास र हवाई फायर समेत गरेको छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ६ राउण्ड हवाई फायर गरे पनि स्थानीवासी आफ्नो मागबाट पछि हट्न मानेका थिएनन् ।
प्रहरीले आश्रुग्यास र हवाई फायर गरेपछि विरोधमा उत्रेका स्थानीयवासीले ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेको स्थानीय युवा प्रकाशकुमारले बताए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो भने नेपाली सेनाको उपस्थिति देखिएन ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव गाड्नका लागि २ वटा जेसिभी समेत मिलनचोक पुर्याइएको थियो । कोरोना संक्रमितको शव व्यवस्थापनको लागि मिलनचोक पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिभि देख्ने वित्तिकै स्थानीयवासी विरोधमा उत्रेका थिए । यसअघि पनि साउन १२ गते मिलनचोकबासीको अवरोधका कारण शव व्यवस्थापनमा समस्या आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निलम्बित न्यायाधीश गिरीलाई सफाइ दिन अदालतले लिएका ५ आधार
-
अशोक शर्माको ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन
-
लगातार ५ खेल हारेको चेन्नई लखनउविरुद्ध पुनरागमन गर्ने आशमा
-
आईसीसी यू–१९ विश्वकप छनोट : युवराजको फाइफरसामु निरीह बन्यो ओमान
-
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
-
पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु