शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीमा बेपत्ता भएका तीनै जनाको शव फेला

शुक्रबार, १६ साउन २०७७, २१ : २०
शुक्रबार, १६ साउन २०७७

 कैलाली । कैलालीमा अबिरल वर्षाका कारण आएको बाढीमा बेपत्ता भएका तीनै जनाको शब प्रहरीले फेला पारेको छ ।  मंगलबार र बुधबार आएको अबिरल वर्षाका कारण आएको बाढीले  बेपत्ता भएका ३ जनाको शव  प्रहरीले फेला पारेको हो । 

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने वर्ष ४० का ईश्वर शाहा र  वर्ष ३३ का चक्रबहादुर बिकको शब शुक्रबार फेला परेको हो भने ९ वर्षका स्केल चौधरीको शव बिहिबार बेलुका फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

शाहा र बिकको शव बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायव उपरिक्षक प्रतिक बिस्टले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप