सेनाले जोखिममा रहेको करिब ८० करोड रुपैयाँ उठायो
काठमाडौं । नेपाली सेनाले सैनिक कल्याणकारी कोषको जोखिममा रहेको रकममध्ये करिब ८० करोड रुपैयाँ उठाएको छ । सेनाले पछिल्लो समय आफ्नो जोखिममा रहेको रकम उठाउनका लागि गरेको प्रभावकारी व्यवस्थापन र लिएको निक्षेप नीति कारण रकम उठेको सेनाले बताएको छ ।
शुक्रबार कल्याण्कारी कोषले जंग्गी अड्डामा पत्रकार सम्मेलन गर्दै विगत वर्षहरुमा कोषको करिब ८५ करोड रुपैयाँको हाराहारीमा निक्षेप जोखिम रहेकोमा ८० करोड उठाएको जनाएको हो । जोखिम घटेर अहिले साँवा रकम ५ करोड २ लाख ६६ हजार मात्रै रहेको कोषका निर्देशक सागरबहादुर केसीले बताए ।
विश्वव्यापी कोरोनाका कारण देशको अर्थतन्त्रमा नराकारात्मक असर परेपनि सैनिक कल्याणकारी कोषको आर्थिक गतिविधिहरु सन्तोषजनक रहेको कोषले जनाएको छ । कोषमा २०७६ असार मसान्तसम्म ३८ अर्ब ५७ करोड ६१ लाख रहेकोमा अहिले १८ दशमलव ९० प्रतिशतले वृद्धि भइ ४५ अर्ब ८६ करोड ८० लाख पुगेको उनले बताए । कोषको अहिलेको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ ।
कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अब ७ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ । महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदन अनुसार उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्याैट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
आईपीएल : पटेलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई