बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

शुक्रबार, १६ साउन २०७७, १६ : ४४
शुक्रबार, १६ साउन २०७७

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए । आइसियूमा उपचाररत ती महिलाको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर शर्माले बताए । संक्रमित महिलालाई निमोनियाको समस्या रहेको डाक्टर शर्माको भनाइ छ  ।

स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई  साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको थियो । आजै सेनाले मृतकको शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन्  ।  कोरोना महामारीको बीचमा उनी वीरगन्जबाट आएकी थिइन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप