प्रेमकथाको फिल्ममा मनिष
शुक्रबार, १६ साउन २०७७, १६ : ३२
काठमाडौं । क्लोथिङ्ग ब्राण्ड ‘डाक्टर डेनिम’ले नेपाली फिल्म बनाउने भएको छ । नयाँ बर्ष रिलिज हुने गरेर ब्राण्डले प्रेमकथामा फिल्म निर्माण गर्न लागेको हुन् । फिल्मको नाम भने जुर्न बाँकी रहेको छ । फिल्ममा ‘प्रेम गीत ३’ का अभिनेता मनिष राउत मुख्य भूमिकामा छानिएका छन् । राउत ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर पनि हुन् ।
फिल्मका लागि राउत बाहेकको कलाकार अहिले छनौट भइहरेको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए । ‘सरकारले फिल्म क्षेत्र खुल्ला गर्ने बितिकै छायाँकनमा निस्कने तयारी भएको छ’ गौतमले भने ‘केहि समयमै फिल्मको निर्देशक र अन्य कलाकार समेत सार्वजनिक गर्नेछौ ।’ फिल्मको छायाँकन स्वदेशको अलवा जर्मनी र भारतको गोवामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा