शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका, विकास समितिको बैठक स्थगित
शुक्रबार, १६ साउन २०७७, १५ : २४
काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमण भएको आशंका गरिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
सभापति खड्काले भनिन्, ‘आइतबार शहरी विकास मन्त्रालयलाई बोलाएर छलफल गर्ने कार्यक्रम तय भएको थियो, तर सचिवज्युलाई कोरोना संक्रमणको आशंका भएकोले बैठक स्थगित भएको छ ।’ खड्काले सचिव अधिकारी केही दिन आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने भएकोले बैठक स्थगित भएको बताइन् ।
उता, शहरी विकास मन्त्रालयका एक कर्मचारीले सचिव अधिकारीलाई कोरोना संक्रमण भएको भन्ने सुन्नमा आएको बताए । उनले सचिव अधिकारीको स्वाव संकलन भैरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध