शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी मन्दिरका महन्तद्वारा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको खण्डन

शुक्रबार, १६ साउन २०७७, १३ : ४७
शुक्रबार, १६ साउन २०७७

जनकपुर  । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थानबारे दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । वैष्णवले कुनै व्यक्ति विशेषले चाहँदैमा सामाजिक, सांस्कृतिक र मौलिक परम्परामाथि हस्तक्षेप गर्न नसक्ने बताए ।

वैष्णवले प्रधानमन्त्री ओलीको नाम नलिइकनै उनीतर्फ ईंगित गर्दै भने– ‘कुनै व्यक्ति विशेषले चाहँदैँमा सामाजिक, सांस्कृतिक र मौलिक परम्पराको इतिहासमाथि हस्तक्षेप गर्न सक्दैन । सांस्कतिक र धार्मिक परम्पराअनुसार नै सिताको घर जनकपुरधाम हो र रामको घर भारतको अयोध्या नै हो ।’

प्रधानमन्त्री ओलीले केही दिनअघि पर्साको ठोरीको अयोध्यापुरीमा रामको जन्म भएको दावी गरेपछि विभिन्न टिकाटिप्पणीहरु भैरहेका छन् । यहिबेला जनकपुरधामस्थित जानकी मन्दिरले अगस्त ४ मा भारतको अयोध्यामा हुन लागेको रामको घर शिलान्यासका लागि विशेष ईटा लैजाने तयारी थालेको छ । प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति धर्मावलम्बी तथा साधुसन्तहरु समेत क्रुद्ध बनेका छन् ।

यसलाई अध्यात्मप्रतिको सरकारी हस्तक्षेप भन्दै उनीहरुले आलोचना गरिरहेका छन् । बैष्णवले प्रधानमन्त्री ओलीको आलोचना गर्ने नाममा धर्म सांस्कृतिविरुद्ध गलत सन्देश प्रवाह भइरहेकोले यसप्रति सजग रहन समेत सबैलाई आगह गरेका छन् ।

उनले जनकपुरधाम–अयोध्याको प्रगाढ सम्बन्धको इतिहास कसैले मेटाउन नसक्ने दाबी गर्दै त्यसको लागि कुनैपनि सरकारले जस्तो कदम चालेपनि अध्यात्मको रक्षाको सवालमा हामीबीचको अटुट सम्बन्धनै रहने बताए ।

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्दै उनले  ५ अगस्त अर्थात श्रावण २१ गते दिपावली मनाउन जनकपुरधामवासीलाई विशेष आग्रह समेत गरे । त्यो दिन घर–घरमा रामस्तुति र भजन किर्तन गर्न समेत उनले समस्त मिथिलावासीलाई आह्वान गरे ।

उनले कोरोना महामारीका कारण अयोध्यामा राममन्दिर शिलान्यास र भूमी पूजनको अवसरमा जानकी मन्दिरको प्रतिनिधि भने सहभागी हुन नसक्ने बताए । महन्तदासले भने– ‘कोरोना महामारीको कारण आफूहरु भूमि पूजनमा सहभागी नभएपनि म अवधवासीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

उनले लकडाउन खुकुलो भएपछि मिथिलावासीको तर्फबाट मिथिला–अवध यात्रा निकालिने र त्यसबेला जनकपुरबाट सयौंको संख्यामा अयोध्यास्थित मन्दिर निर्माणस्थलमा विशेष ईटा थप्ने कार्यमा सरिक हुने समेत स्पष्ट पारे ।
उनले काशीको सरयुग घाटमा उत्तर प्रदेश सरकारले निर्माण गर्न लागेको भगवान रामको ऐतिहासिक प्रतिमाका साथमा सीताको पनि प्रतिमा राख्न पुनः भारतलाई आग्रह गरे । सीता बिनाको रामको परिकल्पासमेत गर्न नसक्ने भन्दै उनले सीता र राम एकसाथ हुनुपर्नेमा जोड दिए ।
आफूहरुले अयोध्याका विभिन्न साधुसन्त र महन्तलाई राम–सीताको प्रतिमूर्ति एकसाथ निर्माण गर्न बरम्बार ध्यानाकर्षण गराउदैँ आएको समेत स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप