शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरणमा मुछिएका सुराकको कोठाबाट भेटियो ‘सुन’

शुक्रबार, १६ साउन २०७७, १२ : २९
शुक्रबार, १६ साउन २०७७

काठमाडौँ । सुन तस्करीका सुराक उमेश श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले बागबजारस्थित डेरामा फेला परेको सुन जस्तै देखिने पँहेलो धातु बारमद गरेको हो । 

सो धातु परिक्षण गर्न पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता राजकुमार केसीले रातोपाटीलाई जानकारी दिए । श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुन अप्रेशनमा मुछिएका छन् ।  

सो अप्रेशनको कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए । श्रेष्ठलाई दरबारमार्ग वृतको हिरासतमा राखेर सार्वजनिक अपराध मुद्दा चलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप