बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना जित्नेको संख्या ३ हजार ८ पुग्यो

शुक्रबार, १६ साउन २०७७, १२ : ००
शुक्रबार, १६ साउन २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका ४हजार २६६ कोरोना संक्रमितमध्ये निको हुने संक्रमितको संख्या ३ हजार ८ पुगेको छ । 

यसअघि  ९ जना संक्रमितको भने मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।  

विभिन्न मितिमा अपडेट नगरिएका निको हुने संक्रमित कंचनपुरबाट १७, बिहिबार कंचनपुरकै निको हुने संक्रमित १५, डोटीबाट २ र टिकापुरबाट १ जना संक्रमित निको भएर घर गइसकेका  मिडिया ब्रिफिङ्गमा जानकारी दिएको हो । 

फेला परेका संक्रमित र निको हुने संक्रमित घटाउदा सकृय संक्रमित १ हजार २४९ मात्र रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । त्यसैगरी बिहीबार गरेको परिक्षणमा ९ जना कोरोना संकमण पुष्टि भएको छ । 

कैलालीका ५ पुरुष, कंचनपुरका १ पुरुष, डडेल्धुराका २ पुरुषमा र दार्चुला का १ जना महिलामा कोरोना संक्रमण पुस्टी भएको कार्कीले बताए ।  हालसम्म पिसिआर बिधिबाट ३३ हजार २३५ जनाको परिक्षण जाच भएको र २८ हजार  ९६९ जनामा नेगेटिभ आएको उनले बताए । ३ हजार ९ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ४२३ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६६७, बैतडीका ३०९, बझाङ्गका १७४ ,बाजुरा ४४९, डडेल्धुराका ३०१, दार्चुलाका २२, डोटीका ७१५ , कैलालीका ११०६ र कंचनपुरका ५२३ गरि ४ हजार २६६ रहेका छन । जस्मा महिला १०१३ , पुरुष ३ हजार २५३ रहेका छन् । क्वारेन्टिाईनमा २ हजार १४९ पुरुष र ७२३ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५३ गरी ६७ जनाको उपचार भईरहेको छ । ७८६ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा २, टिकापुर १९ , महाकाली १८, अछाम १०, डोटी २, र बाजुरा अस्पताल २ जनाको  उपचार भईरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भईरहेको  स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप