नारायणगढ–मुग्लिन सडकमा उपभोग दस्तुर लाग्ने
काठमाडौँ – नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगढ–मुग्लिन सडक खण्ड प्रयोग गरेबापत सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
उक्त सडक खण्डमा हलुका सवारी साधनको २५ रुपियाँ र भारी सवारी साधनको ५५ रुपियाँका दरले सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गरिएको हो ।
मोटरसाइकल र स्कुटरको हकमा सडक उपभोग दस्तुर लाग्ने छैन । मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सो जानकारी दिए ।
साउन १२ गते बसेको मन्त्रिपरिषद्ले गरेको सो निर्णय यही भदौ १ गतेबाट लागू हुनेछ । सो सडक खण्डको नियमित मर्मत सम्भार गर्न बजेटको अभाव नहोस् भन्ने उद्देश्यसहित सडक उपभोग दस्तुर लागू गरिएको सडक विभागले जनाएको छ । मुग्लिन र नारायणगढको बीचमा ढाँट राखेर यो दस्तुर सङ्कलन गरिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ
-
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान
-
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई
-
हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण
-
६१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ
-
रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु