शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियाका ५०० घर डुबानमा

बिहीबार, १५ साउन २०७७, २२ : २२
बिहीबार, १५ साउन २०७७

बर्दिया । कर्णाली र बबई नदीमा पानीको बढेसँगै यहाँका ५०० घर डुबानमा परेका छन् । तीन दिनदेखि अविरल वर्षा भएकाले यहाँका बासिन्दा रातभर त्रासमा बसिरहेका छन् । बर्दियाको राजापुर नगरपालिकाका ४०० घर डुबानमा परेपछि त्यहाँका मानिसहरु विस्थापित भएका छन् । राजापुर नगरपालिका डुबानमा परेको र त्यहाँका स्थानीयवासीलाई सुरक्षित राख्न बुद्ध आधारभूत विद्यालयमा सारिएको नगरप्रमुख शिवप्रसाद थारुले जानकारी दिए ।

बर्दियाका नदी आसपासका अन्य ७५ घर डुबानमा परेको र त्यहाँ बस्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । उनका अनुसार ठाकुरबाबा नगरपालिका वडा नं ७ बठनपुरलगायत क्षेत्र डुबेपछि २५ घरपरिवार विस्थापित भएको छ । उनीहरुलाई वडा नं ८ को जगदम्बा माविमा उद्धार गरेर राखिएको ठाकुरबाबा नगरउपप्रमुख कृष्णाकुस्मा थारुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप