शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न ट्रम्पको आग्रह

बिहीबार, १५ साउन २०७७, १९ : ३५
बिहीबार, १५ साउन २०७७

एजेन्सी । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सुझाब दिएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएका समय महामारीको कारण देखाउँदै उनले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने धारणा राखेका हुन् ।

“जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान गर्न सक्दैनन् त्यतिन्जेल निर्वाचनलाई पछि सारियोस्” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट्मार्फत आग्रह गरेका छन् । सन्देशमा भनिएको छ, “निर्वाचनमा मेलमार्फत गरिने मतदान प्रक्रिया सन् २०२० का अमेरिकी इतिहासमा अत्यन्त ‘गलत र भ्रामक’ हुनेछ । यो संयुक्त राज्य अमेरिकाका लागि ठूलो अफ्ठ्यारोको विषय हुनेछ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप