मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल एसबीआई बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा १५ प्रतिशतसम्मको छुट

बिहीबार, १५ साउन २०७७, १८ : ५५
बिहीबार, १५ साउन २०७७

काठमाडौं । नेपाल एसबीआई बैंकका ग्राहकलाई चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूटमा उपचा गराउँदा १५ प्रतिशतसम्मको छुट मिल्ने भएको छ । 

एसबीआई बैंकका सम्पूर्ण भिसा डेविट कार्डबाहक गा्रहकहरुलाई लक्षित गरी चिरायू नेशनल हस्पिटलमा कार्ड प्रयोग बापत हस्पिटको सेवामा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । 

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गन सक्नेछन् । 

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा चिरायू हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप