बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सबस्टेशनमा केबुल जलेपछि २ जिल्लामा विद्युत् अवरुद्ध

बिहीबार, १५ साउन २०७७, १८ : ४३
बिहीबार, १५ साउन २०७७

सल्यान । शीतलपाटीमा रहेको ३३ केभी सबस्टेशनमा आगलागी हुँदा मङ्गलबारदेखि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशनमा जोडिएको केबुल आगो लागेर जलेपछि सल्यान र रुकुम–पश्चिममा विद्युत् सेवा बन्द भएको छ ।
     
जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाव भएकाले नेपालगञ्जबाट प्राविधिक आएर मर्मत कार्य शुरु गरिएको नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख अर्जुनकुमार पोखरेलले जानकारी दिए । आगलागीबाट कति क्षति भएको छ, भन्ने अहिलेसम्म थाहा नभएको पोखरेलले बताए । “अहिले मर्मतको काम शुरु भएको  छ आगलागीले केबुल मात्र जलेको भए आजबाट नै विद्युत् सुुचारु हुन्छ, ट्रान्समिटरमा क्षति भएको भए विद्युत् सुचारु हुन केही दिन लाग्नसक्छ”, पोखरेलले भने ।

लगातारको वर्षाले मर्मत कार्यसमेत प्रभावित भइरहेको उहाँको भनाइ छ । मङ्गलबार राति सबस्टेशनमा रहेको ट्रान्समिटरमा जोडिएको केबुलमा आगलागी भएको थियो । आगलागीबाट केबुल पूर्णरुपमा जलेको प्राधिकरणको भनाइ छ । जिल्लामा वर्षात् शुरु हुने वित्तिकै विद्युत् अनियमित हुँदै आएको छ । शीतलपाटीमा सबस्टेशन सञ्चालनमा आएपछि समस्या समाधान हुने भनिए पनि अनियमितताको समस्या जस्ताको तस्तै छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप