शंकास्पद ‘सुन अप्रेशन’ : दरबारमार्गका डीएसपी रन्जन दाहाल हटाइए

काठमाडौँ । महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहाललाई हटाइएको छ । मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ केजी चाँदी र आधाकिलो सुन अप्रेशनमा व्यवसायीकता प्रदर्शन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई हटाएको हो ।
दाहालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गमा डीएसपी रामेश्वर पौडेललाई पठाइएको छ । पौडेल यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।
बुधबार महानगरीय प्रहरी कार्यायल रानीपोखरीले डीएसपी दाहालमाथि छानविन गर्न एसएसपी यादवको नेतृत्वमा अपराध महाशाखाका एसएसपी दीपक थापा, काठमाडौँ परिसरका एसपी सोमेन्द्र सिंह राठौर, डीएसपीद्धय दुर्गा दाहाल र राजकुमार केसीसहित छानविन समिति गठन गरेको थियो ।
सोही समितिको छानविनका आधारमा डीएसपी दाहालको कमजोरी देखिएपछि उनलाई हटाइएको हो । दरबारमार्ग वृतका डीएसपी दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेशनको घटनास्थल नै परिवर्तन गरेको पाइएको समितिका एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
घटनास्थल सुन्धारा भएपनि काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा क्राइम सिन परिवर्तन गरिएको थियो । काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक
मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरिएको बताएका थिए । तर, ज्ञवालीले दावी गरेको ठाउँमा नविल बैंक नै नभएको अनुसन्धानबाट खुलेको छ ।
योसँगै एसएसपी ज्ञवालीलाई पनि तानेर काठमाडौँ प्रहरी प्रमुखमा नयाँ एसएसपी पठाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ लाख ठगी
-
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
-
शिक्षामन्त्रीले जवाफ दिनुपर्ने खतिवडाको माग
-
सरकारको नीति तथा कार्यक्रमका लागि के -के छन् संसद्का सुझाव ?
-
‘ट्रम्प प्रभाव’ले विश्वव्यापी रूपमा मानवअधिकार सङ्कटमा पर्ने एम्नेस्टी इन्टरनेसनलको चेतावनी
-
जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछ भन्नु दिवास्वप्न जस्तै हो : ज्ञानेन्द्र शाही