ब्राजिलमा कोभिड–१९ बाट ९० हजार बढीको मृत्यु

एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १ हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।
योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । ब्राजिलमा योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार १३४ पुगेको बिहीबार प्राप्त भएको समाचारमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
सङ्क्रमितको संख्या यहाँ कम्तीमा पनि २५ लाख पुगेको पनि ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार दिएको जानकारीअनुसार यहाँका ९० हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
ब्राजिलमा अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ ।
कतिपयले ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाको सङ्क्रमणलाई गम्भीरताका साथ नलिएका कारण यस्तो अवस्था आएको बताएकमा छन् । यहाँ शुरु शुरुमा लकडाउन गरिएको थिएन । ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले लकडाउनको विरोध गर्नेहरुलाई समर्थन गरिरहेको आरोप लगाइएको थियो ।
यसै कारणले पनि यहाँ ठूलो संख्यामा सङ्क्रमण फैलिएको बताउने गरिएको छ । हाल ब्राजिलमा दैनिक ५० हजार भन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?