हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने’ सार्वजनिक
बिहीबार, १५ साउन २०७७, १६ : ४८

काठमाडौं । कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने...’ सार्वजनिक भएको छ । आचार्यको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि बनेको छ । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनीतिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ ।
सागरराज शर्माको निर्देशन रहेको भिडियोमा हरिवंश आचार्य, सशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ । भिडियोमा हरि हुमागाईंको छायाँकन र सुशिल न्यौपानेको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध