शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा मन्त्रालय अन्तर्गत ६४ वटा अस्थायी पद खोल्ने मन्त्रिपरिषद‍्को निर्णय

बिहीबार, १५ साउन २०७७, १६ : १३
बिहीबार, १५ साउन २०७७

सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गतका समितिका लागि ६४ वटा राजपत्राङ्कित अस्थायी पदहरु खोल्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा सो निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए । 

गत असार १३ गते बसेको मन्त्रिपरिषद‍् बैठकले भदौ १ देखि विद्यालय भर्ना सुरु गर्ने निर्णय गरेको छ भने पठन पाठन सञ्चालन कार्ययोजना बनाउन शिक्षा मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ । 
यस्तै रेडियो प्रशार सेवा समिति अर्थात रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

साथै स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा दोलखाका मोहनकृष्ण श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उमा शंकर प्रसादको राजीनामा स्वीस्कृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप