विद्यालय खोल्ने सरकारको निर्णय
सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय पनि गरेको छ । साथै विद्यालयले २०७६- ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ । भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने, विद्यालय शिक्षकहरुलाई अभिलम्ब विद्यालय पु-याउने व्यवस्था गर्ने, क्वारेन्टिन बनाइएको विद्यालयबाट त्यसलाई हटाउने निर्णय गरेको छ ।
बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउदै अर्थ तथा सञ्चार मन्त्री युवाराज खतिवडाले भने–‘नतिजा प्रकाशन गर्न बाँकी रहेको भए प्रकाशन गर्ने, २०७७ भदौं १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने , कक्षागत रुपमा विद्यार्थीको संख्या एकिन गर्ने, भर्ना भएका विद्यार्थीको तथ्याङ्क भराउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी रहेको भए उपलब्ध गराउने, शैक्षिक कार्यक्रम सञ्चालनार्थ अभिलम्व शिक्षकहरुलाई विद्यालय पु¥याउने व्यवस्था मिलाउने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा जारी गर्ने, विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेशन कार्य नगर्ने, क्वारेन्टाइन र आइसोलेशन प्रयोग हुन छाडेका भवनलाई तोकिएको मापदण्ड अनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापनका लागि योग्य बनाउँने, विद्यालय र विद्यालय परिसरभित्र विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुनेगरी कोभिड १९ रोकथाम र नियन्त्रणसम्बन्धी कुनैपनि संरचनाहरु नराख्ने निर्णय भएको छ ।’
गत असार १३ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै भदौ १ देखि विद्यालय सञ्चालन हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै